सरकारले २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने

काठमाडौँ — सरकारले २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशी उद्योगका उत्पादन प्रयोग गर्नैपर्नेगरी नीतिगत व्यवस्था गरिने बताए ।

स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई सहयोग पुर्‍याइने पौडेलले बताए । ‘यी अभियान मार्फत हिमालको पानी व्यवसायिक उत्पादन र तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्व बजारमा नै ब्राण्डिङ गरिनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले भने । त्यस्तै मुलुक आत्मानिर्भर हुन सक्ने वस्तु तथा सेवा उद्योगको पहिचान गरी विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा