निर्वाचनका लागि सरकारले माग्याे करिव १ लाख ३४ हजार म्यादी प्रहरी, यसरी दिनुहाेस् आवेदन

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाभनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार नौसय असी ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको जनाएकाे छ ।

इच्छुक व्यक्तिले शुक्रबारदेखि आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएकाे छ। सार्वजनिक बिदाको दिनसमेत आवदेशन दिन सकिने छ।

१८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले निर्वाचन प्रहरीमा भर्ना हुन याेग्य मानिने छन् ।

पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा