काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज शनिबार बस्दैछ। मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भावी रणनीति तथा साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्ने तय भएको छ।
बैठकमा देशको विद्यमान राजनीतिक अवस्था, संसद तथा जनस्तरमा पार्टीको प्रभावकारी भूमिका, पछिल्ला राजनीतिक घटनाक्रमहरूको विस्तृत समीक्षाका साथै आगामी कार्यदिशा र संगठन विस्तारका एजेन्डामाथि छलफल हुने जनाइएको छ। बैठकमा पार्टीका शीर्ष पदाधिकारी तथा सचिवालय सदस्यहरूको सहभागिता रहनेछ।




