काठमाडाैं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु/कुहिरो लागिरहेको छ भने दिउसाे घाम लागेपछि दिउँसो हुस्सु र कुहिरो हट्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
रातीः तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका तराई भू-भागमा बिहानपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध गरिएकाे छ।





