काठमाडौं । सोमवार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आज एकैदिन सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।





