आजै झापा जाँदी ओली र बालेन, एकैदिन दुई ‘हेभिवेट’ को उपस्थितिले कस्तो रहला माहोल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा पूर्वमेयर बालेन्द्र शाह एकैदिन झापा पुग्ने भएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा दुबैले झापा–५ बाट उठ्ने तयारी गरेका छन् । ओली सोमवार दिउँसो झापा जाँदैछन् भने उनका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएका बालेन पनि आजै झापा पुग्ने कार्यक्रम छ । दुवै प्रतिस्पर्धी नेताले मंगलबार यहाँबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यी दुई ‘हेभिवेट’ हरूको आगमनले झापा–५ को राजनीतिक तापक्रम थप बढ्ने संकेत देखिएको छ ।

आज जनकपुरमा आयोजना हुने आमसभामा सहभागी भएपछि बालेन आफ्नो गृहजिल्ला महोत्तरी र त्यसपछि इटहरीमा संक्षिप्त भेटघाटपछि सिधै दमक जाने कार्यक्रम रहेको छ । ओली भने दिउँसो १२ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा