पोखराबाट फेरि प्रहरी नियन्त्रणमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पोखरा । नागरिक बचाउ महाअभियानका संयोजक एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। निर्वाचन आयोगको पत्राचारपछि उनलाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रसाईंले पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको गम्भीर आरोप लगाएका थिए। सोही अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेको थियो।

आयोगको आग्रह र सार्वजनिक गरिएको भिडियोको विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) लगायतका विषयमा अनुसन्धान हुने सम्भावना छ। प्रसाईं यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण पटक-पटक प्रहरी नियन्त्रणमा पर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा