‘हेभिवेट’ भिडन्त पक्का: बालेनले जनकपुरमा लिए झापा–५ काे टिकट, उत्रिए ओलीसँग प्रतिस्पर्धामा

काठमाडौं । मुलुकको राजनीतिमा नयाँ तरंग पैदा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं चर्चित व्यक्तित्व बालेन्द्र शाह (बालेन) आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिने निश्चित भएको छ।

रास्वपाले उनलाई देशकै सर्वाधिक चर्चामा रहने सो क्षेत्रको उम्मेदवार बनाउने निर्णय गर्दै आधिकारिक रुपमा टिकट हस्तान्तरण गरेको हो।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित पार्टीको एक विशेष साङ्गठनिक कार्यक्रमका बीच सभापति रवि लामिछानेले बालेनलाई चुनावी टिकट प्रदान गरेका हुन्। पार्टीको ठूलो सभालाई सम्बोधन गर्न जनकपुर पुगेका दुवै नेताहरूबीचको विशेष संवादपछि लामिछानेले बालेनको काँधमा झापा–५ को भारी जिम्मेवारी सुम्पिएका हुन्।

राजनीतिक दृष्टिकोणले ‘हाइप्रोफाइल’ मानिने झापा–५ मा बालेनको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। जनकपुरको सोही मञ्चबाट टिकट सुम्पिँदै सभापति लामिछानेले बालेनको आगमनले पार्टी र देशको राजनीतिमा युवा नेतृत्वको हस्तक्षेप बढ्ने विश्वास व्यक्त गरे।

एकातिर दशकौंदेखि राजनीतिमा स्थापित र झापामा बलियो पकड भएका एमाले अध्यक्ष ओली छन् भने अर्कोतिर युवा पुस्तामाझ अत्यधिक लोकप्रिय र वैकल्पिक राजनीतिको आशा जगाएका बालेन शाह छन्।
‎Read more

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा