अमेरिकामा भीषण हिमआँधीको ताण्डव: १३ जनाको मृत्यु, २० राज्यमा संकटकाल घोषणा

काठमाडौं । अमेरिकामा आइतबार आएको भीषण हिमआँधीले १३ जनाको मृत्यु भएको छ। हिमआँधीबाट देशभरको जनजीवन अस्तव्यस्त बनानेको छ भने करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

हिउँ र असिना वर्षाका कारण रुखहरू ढलेका छन् र विद्युत्का तारहरू चुँडिएका छन्। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्न अझै केही हप्ता लाग्न सक्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आपत्काल घोषणा गरेसँगै फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले विभिन्न राज्यमा आवश्यक सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू परिचालन गरेको छ। न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यबासीलाई वर्षौँपछिको सबैभन्दा लामो ठन्डी र हिमपातका लागि तयार रहन आग्रह गरेकी छन्।

क्यानडाको सीमा नजिकका इलाकाहरूमा तापक्रम -३७ देखि -४५ डिग्री सेल्सियससम्म पुगेको छ। गभर्नर होचुलले यसलाई ‘हड्डी नै जमाउने’ आर्कटिक आँधीको संज्ञा दिएकी छन्

नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई-तिहाइ अमेरिकी नागरिक प्रभावित भएका छन्।

‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा