आज शहीद दिवसः वीर शहीदहरूप्रति श्रद्धा अर्पण गर्न विभवन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र र स्वतन्त्रताका लागि प्राण उत्सर्ग गर्ने वीरहरूको सम्मानमा आज देशभर ‘शहीद दिवस’ मनाइँदैछ। वि.सं. २०१२ देखि प्रत्येक वर्ष माघ १६ गते यो दिवस विशेष रूपमा मनाउने गरिएको हो।

आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहनेछ। लैनचौर पुगेर ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएको भन्दै वि.सं. १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो। उहाँहरूकै बलिदानको जगमा नेपालमा प्रजातन्त्रको उदय भएको हो।

काठमाडौं महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी ‘शहीद सप्ताह’ कार्यक्रम गरी आज यसको समापन गर्दैछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा