एकैदिन २० हजार ५०० रूपैयाँले घट्याे सुनकाे भाउ, आज कति पुग्याे ताेलाकाे ?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार मूल्यको अस्वाभाविक उतारचढाव देखिएको छ। हिजो बिहीबार एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइ कायम गरेको सुनको भाउ आज ठिक त्यति नै रकमले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ, जबकि हिजो यसको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको बजारमा पनि आज उच्च गिरावट दर्ता भएको छ। हिजो प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँमा झरेको छ। स्थानीय बजारमा देखिएको यो गिरावटको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा आएको मन्दी रहेको व्यवसायीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज बहुमूल्य धातुको मूल्यमा ३ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ। हिजो प्रतिऔँस ५ हजार ५९१ अमेरिकी डलर पुगेर विश्वव्यापी कीर्तिमान कायम गरेको सुन आज घटेर ५ हजार २०० देखि ५ हजार २३० डलरको बीचमा कारोबार भइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा