रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने, कास्की जिल्ला अदालतको यस्तो छ आदेश

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ।

सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले पेस गरेको मुद्दा संशोधनको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय सुनाएको हो।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धका यी मुद्दाहरू फिर्ता लिने निर्णय गरे पनि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले जिल्ला अदालतले तत्काल कुनै निर्णय नगर्ने बताएको छ। अदालतको आदेशमा सर्वोच्चबाट हुने अन्तिम फैसला प्राप्त भएपछि मात्रै यसबारे थप प्रक्रिया अघि बढ्ने उल्लेख छ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरिसकेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेसहितका प्रतिवादीहरूको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्, जसको कार्यान्वयनमा अहिले कानुनी अड्चन देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा