मौसम अपडेट: कोशी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हुस्सु र तुवाँलो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशकै पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहनेछ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने देखिएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्न सक्ने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा