आँप’ चिह्न लिएर उठेका महेन्द्र यादव बैंकिङ कसुरमा समातिए

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका–७ का बासिन्दा यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले मंगलबार सिद्धार्थनगर–६, गल्लामण्डीबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार यादव अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका व्यक्ति हुन्। चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते उनलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै ३० लाख रुपैयाँ साँवा र सोही बराबरको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो।

अदालतको फैसलापछि बिगो र जरिवाना भुक्तान नगरी फरार रहेका यादव यस पटकको निर्वाचनमा ‘आँप’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए। चितवन जिल्ला अदालतले उनलाई उपस्थित गराउन आदेश दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। चुनावी अभियानकै क्रममा पक्राउ परेपछि उनको उम्मेदवारी र कानुनी प्रक्रियाबारे थप चर्चा सुरु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा