दोलखाको तामाकोशीमा चुनावी झडप: कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीद्वारा हवाई फायर

चरीकोट (दोलखा) । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको छ। तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मतदान केन्द्रमा विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाउनुपरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार मतदान कार्यमा खटिएका कर्मचारीमाथि नै केही व्यक्तिहरूले हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले स्थिति साम्य पार्न हवाई फायर गरेका हुन्। “कर्मचारीमाथि जाइलाग्न खोजेपछि सुरक्षाकर्मीले एक-दुई राउण्ड हवाई फार गर्नुभएको हो,” सहायक प्रजिअ आलेले भन्नुभयो।

हवाई फायरपछि अहिले त्यहाँको अवस्था सामान्य भइसकेको र मतदान प्रक्रिया पुनः सुचारु भएको प्रशासनले जनाएको छ। घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा