पारिवारिक विरासत जोगाउँदै फिरदोश आलम: रौतहट–२ बाट भारी मतान्तरले विजयी

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामअनुसार रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका प्रभावशाली एवं विवादास्पद नेता मोहम्मद अफताब आलमका छोरा हुन्।

फिरदोशले २९ हजार ५२८ मत प्राप्त गर्दै नेकपाका किरणकुमार शाहलाई ११ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। शाहले १८ हजार ४४२ मत प्राप्त गरे। बुबा अफताब आलम विभिन्न कानुनी मुद्दाका कारण कारागारमा रहेका बेला फिरदोशले सम्हालेको यो चुनावी कमाण्ड र जितलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

यस क्षेत्रमा रास्वपाका शेख सगिरले ९ हजार ३२५ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् भने जसपा नेपाल र नेकपा एमालेका उम्मेदवारहरू निकै कम मतमा खुम्चिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा