बालेन शाहको चुनावी खर्च विवरण: १४ लाख १७ हजार २८९ रुपैयाँ सार्वजनिक

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह (बालेन) ले निर्वाचन अभियानमा भएको खर्चको विवरण औपचारिक रूपमा निर्वाचन आयोगमा बुझाउनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उहाँले सोमबार (फागुन २५ गते) जिल्ला निर्वाचन कार्यालयमा उक्त खर्च विवरण दर्ता गराउनुभएको हो।

आयोगमा पेस गरिएको विवरणअनुसार बालेन शाहको निर्वाचन अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। शाहका तर्फबाट उहाँका निर्वाचन प्रतिनिधि नविन भण्डारीले उक्त खर्च विवरण पेस गर्नुभएको हो।

खर्चको मुख्य विवरण:

  • घरदैलो तथा वडा स्तरीय प्रचार: १५ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ।

  • सवारी साधन: २ वटा सवारी साधन १५ दिन भाडामा लिँदा इन्धनसहित २ लाख ९३ हजार ८०० रुपैयाँ।

  • प्रचार सामग्री: ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ, झन्डा र ब्याच छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ।

  • कार्यालय व्यवस्थापन: झापा–५ को क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालन (पानी तथा अन्य व्यवस्थापन) मा १ लाख २० हजार रुपैयाँ र स्टेशनरीमा २२ हजार ८२० रुपैयाँ।

  • अन्य: मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९७० रुपैयाँ, हवाई यात्रा (५ पटक) मा ३५ हजार रुपैयाँ र मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा