काठमाडौँ । आजका लागि तोकिएको विनिमय दरअनुसार अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा कायम भएको छ। हिजोको तुलनामा डलरको मूल्यमा सामान्य परिवर्तन देखिएको छ।
त्यसैगरी, युरोपियन युरोको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा कायम गरिएको छ। अन्य मुद्राको हकमा अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ २८ पैसा र क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ०८ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको यो दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केही फरक हुन सक्ने हुँदा कारोबार गर्दा आधिकारिक वेबसाइट वा सम्बन्धित बैंकसँग समन्वय गर्न बैंकले अनुरोध गरेको छ।





