साेमबार ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किटः नेप्से २६.०७ अङ्कले घट्दा करिब १२ अर्बकाे काराेबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा कायम भएको छ। सूचकसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट आएको छ।

बजारमा आज ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर कुल ४८ कम्पनीको सेयर मूल्य बढ्दा बाँकी अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ।

बजार घटे पनि ५ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने होटल फरेस्ट इन ९.९३ प्रतिशतले बढेको छ।

समूहगत रूपमा हेर्दा आज उत्पादन तथा प्रशोधन उपसूचक बाहेक अन्य सबै उपसूचकहरू ओरालो लागेका छन्। यसदिन वाणिज्य बैंक १.६१, लगानी १.५२ र अन्य समूह १.०९ प्रतिशतले घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा