सुनको मूल्यमा एकैदिन १४ हजार ६०० को ‘ब्रेक थ्रु’: २ लाख ८८ हजार नाघ्याे

काठमाडौँ । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा बुधबार नेपाली बजारमा अप्रत्याशित र भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँको वृद्धि भएको हो। यस उछालसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको यो वृद्धि हालसम्मकै उच्च एकदिने वृद्धिमध्येको एक मानिएको छ। महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य पनि मंगलबारको २ लाख ३४ हजार ८२५ रुपैयाँबाट बढेर आज २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको अचानकको परिवर्तन र विश्वव्यापी आर्थिक अस्थिरताका कारण स्थानीय बजारमा यस्तो ठुलो प्रभाव देखिएको व्यवसायीहरूको विश्लेषण छ। विवाहको सिजन सुरु हुन लाग्दा सुनको मूल्यमा आएको यो भारी वृद्धिले उपभोक्ताहरूलाई भने चिन्तित बनाएको छ। बजारमा मूल्य अझै अस्थिर रहने संकेत देखिएकाले खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा