साताको अन्तिम दिन सेयर बजारमा झिनो सुधार, कारोबार रकम भने ८ अर्बमा खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पुँजी बजारमा तीव्र उतारचढावका बीच सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ७४.७३ अंकको ठूलो गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा कायम भएको छ। बजार झिनो अंकले सकारात्मक देखिए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ।

बिहीबार बजारमा ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर कुल ८ अर्ब ८१ करोड ९७ लाख २२ हजार रुपैयाँमा किनबेच भयो। बुधबारको तुलनामा यो कारोबार रकम करिब ३ अर्ब २९ करोड रुपैयाँले कम हो। बुधबार १२ अर्ब १० करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

समूहगत आधारमा आज मिश्रित नतिजा देखिएको छ। बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य समूहका उपसूचकहरू ओरालो लागेका छन् भने बाँकी सबै समूहमा हरियाली छाएको छ। जसमध्ये व्यापार समूहको उपसूचक सबैभन्दा बढी २.५३ प्रतिशतले वृद्धि भएको छ।

बजारमा झिनो अंकको वृद्धि देखिए पनि केही कम्पनीका लगानीकर्ताले भने उत्साहजनक नाफा कमाएका छन्। आज कुल ९८ कम्पनीको सेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्स, रिभर फल्स इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै, भुजुङ हाइड्रोपावर र सुपरखुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशत तथा होटल फरेस्ट इन को सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा