काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज बुधबार अपराह्न ४ बजे बस्ने तय भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आजको बैठकले केही महत्त्वपूर्ण र नीतिगत निर्णयहरू गर्ने बुझिएको छ। प्रधानमन्त्रीले आजै मध्याह्न समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्नुभएको र सोही पृष्ठभूमिका आधारमा केही नयाँ कार्ययोजनाहरू मन्त्रिपरिषद्बाट पारित हुनसक्ने अनुमान गरिएको छ।
यसका साथै, सुशासन र प्रशासनिक सुधारका लागि सरकारले अघि सारेका १०० बुँदे कार्यसूचीको कार्यान्वयन र समसामयिक राजनीतिक विषयहरूमा पनि बैठकमा छलफल हुने मन्त्री पोखरेलले जानकारी दिनुभएको छ।





