शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेको विरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन विपक्षीहरूका नाममा आदेश दिएको हो।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले बन्दीसहित लिखित जवाफ पेस गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका विपक्षीहरूलाई निर्देशन दिएको छ। गोल्छालाई सीआईबीको टोलीले गत बिहीबार (वैशाख १० गते) नियन्त्रणमा लिएको थियो।

यसअघि सोमबार मात्रै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। जिल्ला अदालतले थुना म्याद थपेको भोलिपल्टै सर्वोच्चले उनलाई उपस्थित गराउन आदेश दिएपछि यो प्रकरणले नयाँ मोड लिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा