शेयर बजारमा पहिरो: नेप्से २६.१६ अङ्कले घट्दा ६ अर्ब ५३ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २७७०.२६ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लागे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ।

आज दिनभरिको कारोबारमा ३४९ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ‘अन्य’ उपसमूह बाहेक बाँकी सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। सबैभन्दा धेरै गिरावट होटल तथा पर्यटन क्षेत्रमा २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन क्षेत्रमा २.४६ प्रतिशत रहेको छ।

कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट ५८ करोड ३३ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। यस्तै, रिलायन्स स्पिनिङ मिल्स र कर्पोरेट डेभलपमेन्ट बैंकको पनि उच्च कारोबार भएको छ। आजको बजारमा हिमालयन बैंकको डिबेञ्चरका लगानीकर्ताले केही नाफा कमाए पनि कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १५ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले १० प्रतिशतभन्दा बढी गुमाएका छन्। कुल २१३ कम्पनीको शेयर मूल्य घट्दा केवल ४२ कम्पनीको मूल्यमा मात्र वृद्धि भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा