पार्टी एकढिक्का भएको भए कांग्रेसले ७० सिट जित्थ्यो, हारको मुख्य कारण विशेष महाधिवेशन हो: पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रको आन्तरिक कलह नभएको भए कांग्रेसले कम्तीमा ७० सिट जित्ने दाबी गर्नुभएको छ। मंगलबार काठमाडौँको स्मार्ट होटलमा आयोजित आफू पक्षीय नेताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले चुनावी हारको मुख्य दोष विशेष महाधिवेशन पक्षधर नेताहरूलाई लगाउनुभयो।

नेता खड्काले पार्टी एकढिक्का भएर चुनावमा होमिएको भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो शक्ति बने पनि कांग्रेस दोस्रो ठूलो शक्तिका रूपमा ७० सिटसहित आउने जिकिर गर्नुभयो। “विशेष महाधिवेशनकै कारण कांग्रेसले अहिलेको दुर्गति भोग्नुपरेको हो,” उहाँले भन्नुभयो, “जसले विशेष महाधिवेशनको अगुवाइ गरे, उनीहरू नै यो हारका मुख्य दोषी हुन्।”

सम्बोधनका क्रममा खड्काले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाउनुभयो। उहाँले विशेष र नियमित महाधिवेशनको मुद्दामा थापा र शर्माले आफ्नै वचन तोडेर धोका दिएको र त्यसको साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको बताउनुभयो। निर्वाचनको परिणाम र पार्टीको वर्तमान अवस्थालाई लिएर खड्का समूहले अबको रणनीतिक तयारी तीव्र पारेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा