संसद् छलेर अध्यादेश ल्याउनु अहङ्कारी कदम, तत्काल फिर्ता गर: पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसद् बैठक नबसाई स्थगन गरेर अध्यादेश ल्याउने सरकारको तयारीप्रति कडा आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सरकारको यो कदम कुनै पनि तर्कले सही मान्न नसकिने बताउनुभएको हो।

विशेष परिस्थितिमा अध्यादेश ल्याउनुलाई कहिलेकाहीँ स्वाभाविक मानिए पनि यसपटक बोलाइएको संसद् बैठक नै नबसाई स्थगन गरिनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको खड्काको तर्क छ। “बोलाएको संसद् बैठकै नबसाई स्थगन गरेर अध्यादेश ल्याउनु सर्वथा गलत छ,” उहाँले भन्नुभएको छ, “यसले न सरकार, न देश र जनता, न त लोकतन्त्रको नै हित गर्दछ।”

उहाँले सरकारलाई अहङ्कार त्यागेर तत्काल अध्यादेश फिर्ता लिन र संसद् बैठक बोलाई ‘फास्ट ट्र्याक’ बाट विधेयकका रूपमा आफ्ना विषय ल्याउन सुझाव दिनुभएको छ। विगतका गलत नजिर देखाएर दुई तिहाइको सरकारले गलत बाटो तय गर्नु दुर्भाग्यपूर्ण हुने भन्दै उहाँले संसदीय सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा