प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस: २०८९ सम्म सर्वोच्चको नेतृत्व गर्ने, यस्ता छन् चुनौती

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्माले २०८९ वैशाखसम्म अर्थात् ६ वर्षको पूरा कार्यकाल सर्वोच्चको नेतृत्व सम्हाल्नेछन्। वकालत पृष्ठभूमिबाट आएका शर्मा २०७६ वैशाखमा सर्वोच्च प्रवेश गरेका थिए भने उनीसँग उच्च अदालतको अतिरिक्त न्यायाधीश र विभिन्न संघसंस्थाको कानुनी सल्लाहकारका रूपमा काम गरेको अनुभव छ।

शर्माको कार्यकालमा सर्वोच्च अदालतका ११ जना वरिष्ठ न्यायाधीशहरूले अवकाश पाउनेछन्। उनी प्रधानन्यायाधीश भएमा न्यायालयभित्रका पुराना विकृति हटाउनु र न्यायाधीश नियुक्तिलाई लिएर नेपाल बार एसोसिएसनसँग हुने टकरावलाई सम्बोधन गर्दै समन्वयकारी भूमिका खेल्नु प्रमुख चुनौती देखिएको छ। विशेष गरी भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनपछिको परिवर्तित पृष्ठभूमिमा न्यायालयप्रतिको जनविश्वास बढाउनु उनको मुख्य दायित्व हुनेछ।

सर्वोच्च अदालतमा हाल २२ हजारभन्दा बढी मुद्दा विचाराधीन रहेकाले ६ वर्षे कार्यकालमा मुद्दाको फर्छ्योट दर बढाउनु शर्माका लागि अर्को ठूलो परीक्षा हुनेछ। यसका साथै अदालतभित्र हुने बिचौलियाहरूको चलखेल र भ्रष्टाचार नियन्त्रण गर्ने विगतका प्रधानन्यायाधीशहरूको अधुरो प्रतिबद्धतालाई पूरा गर्नुपर्ने चुनौती उनी सामु छ। अर्बौँ रुपैयाँ जरिवाना र कैद भुक्तान हुन बाँकी रहेको अवस्थामा फैसला कार्यान्वयन निर्देशनालयलाई सक्रिय बनाएर न्यायको प्रभावकारिता बढाउनु पनि उनको कार्यकालको प्राथमिकता हुनुपर्ने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा