प्रधानमन्त्री बालेन शाहले नागरिकको घरसँगै सपना पनि भत्काए: दुर्गा प्रसाईँ

व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि कडा प्रहार गर्दै सरकारले नागरिकको भौतिक घर मात्र नभई उनीहरूको सपना समेत भत्काएको आरोप लगाउनुभएको छ। निर्वाचन सम्पन्न भएको दुई महिना पनि नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गर्ने मतदाताहरू अहिले पछुताउने अवस्थामा पुगेको उहाँको दाबी छ। हिजो विदेशमा रहेका युवाहरूले घरमा फोन गरेर ‘घण्टी’ मा भोट नहाले घर नफर्किने अडान लिएको स्मरण गर्दै प्रसाईँले भन्नुभयो, “आज तिनै आमाबुबाले नेपालबाट छोराछोरीलाई भनिरहेका छन्— अब त घर नै छैन, कुन घर फर्किन्छौ?”

प्रसाईँले बालेन नेतृत्वको सरकार सुरुदेखि नै वैदेशिक शक्तिको, विशेषगरी अमेरिकाको चाहनामा बनेको आफ्नो पुरानो आरोप आज आएर पुष्टि भएको जिकिर गर्नुभयो। सरकारको पछिल्लो गतिविधिले यसलाई थप स्पष्ट पारेको उहाँको भनाइ छ। यसका साथै, उहाँले सरकारले न्यायालयमाथि समेत हस्तक्षेप गरेको गम्भीर आरोप लगाउनुभएको छ। चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले न्याय प्रणालीको खिल्ली उडाएको र ‘जग हसाउने’ काम गरेको प्रसाईँले टिप्पणी गर्नुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा