मन्त्रिमण्डल पुनर्गठन: गृहमन्त्रीमा सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मंगलबार प्रधानमन्त्री शाहले सरकारमा दुई नयाँ मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीको रूपमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीको रूपमा महावीर पुन रहेका छन्।

नवनियुक्त दुवै मन्त्रीहरूले मंगलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीहरूलाई शपथ गराएका हुन्। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैँसँग राखेका छन्।

नवनियुक्त गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने नवप्रवर्तनमन्त्री पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन्। उनीहरू दुवै जनाको यो सरकारमा दोस्रो इन्ट्री (पुनरागमन) हो। गुरुङ यसअघि गत चैत १३ गते नै गृहमन्त्री नियुक्त भएका थिए तर वैशाख ९ गते उनले पदबाट राजीनामा दिएका थिए। यस्तै, पुन यसअघि जेनजी (Gen Z) आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनिसकेका छन्। मन्त्रिमण्डलको यो नयाँ समीकरणसँगै रास्वपालाई दुई तिहाइ बहुमतका लागि अब केवल एक सिट मात्र अपुग रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा