आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्‌मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसद्‌मा प्रस्तुत गरिएको आर्थिक विधेयकमाथि भएको हेरफेरको विषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका छन्. सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले संसद्‌मा प्रस्तुत भइसकेको आर्थिक विधेयकमा करका दरहरू आफूखुसी हेरफेर गर्नु गम्भीर आर्थिक अपराध भएको उल्लेख गरे.

नेता पुनले आर्थिक विधेयकमा भएको यस किसिमको हेरफेर र त्रुटिका विषयमा अर्थमन्त्रीले तुरुन्तै संसद्‌मा आएर स्पष्ट पार्नुपर्ने माग राखेका छन्. संसद्‌मा प्रस्तुत भइसकेको विधेयकमाथि भएको संशोधनले बजेट र कर चुहावटको गम्भीर आशङ्का उब्जाएको उनको भनाइ छ.

यसका साथै, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमाका विषयमा संसद्‌मा दिएको विवादित अभिव्यक्तिको विषयलाई लिएर पनि नेता पुनले कडा टिप्पणी गरे. राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति त्रुटिपूर्ण रहेकाले आफूहरूले सदनमा विरोध जनाएको उनले स्पष्ट पारे. उनले यो विषय परराष्ट्रमन्त्रीले नभई स्वयं प्रधानमन्त्रीले नै संसद्‌मा आएर सच्याउनुपर्ने र आगामी बैठकमा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाई उनले आत्मआलोचना गर्ने विश्वाससमेत व्यक्त गरे.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा