शिक्षा, स्वास्थ्य र विद्युत्‌मा लग्जरी कर उपयुक्त छैन, पछाडिको गोजीबाट सुटुक्क कर लादियो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने निर्णय गरेको भन्दै त्यसको कडा आलोचना गरेका छन्। पार्टीद्वारा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ कार्यक्रममा बोल्दै नेता थापाले सरकारको यो नीति उपभोक्तामाथि अन्यायपूर्ण भएको बताए।

नेता थापाले वर्तमान अवस्थामा निजी विद्यालय र अस्पतालमा जानु नागरिकको रहर नभई बाध्यता भएको स्पष्ट पारे। “शिक्षामा निजी स्कुलमा बच्चाबच्ची पढाउने र उपचार गर्न निजी अस्पतालमा जानु अहिलेको अवस्थामा लग्जरी होइन,” थापाले भने, “सरकारी विद्यालयमा पढाइ कस्तो छ र सरकारी अस्पतालमा बिरामी जाँदा तत्काल सेवा उपलब्ध हुन्छ कि हुँदैन भन्ने बुझ्नुपर्छ। त्यो नबुझी निजी क्षेत्रको सेवा लिएबापत थप शुल्क वा कर लिनु उपयुक्त हुँदैन।”

सरकारले आयकरको सीमा ५ लाखबाट बढाएर १० लाख पुर्‍याएको प्रचार गरे पनि अर्को बाटोबाट सर्वसाधारणमाथि करको भार थपेको उनको आरोप छ। सरकारले अगाडिबाट कमाएर गोजीमा हालिदिएको जस्तो देखाएर पछाडिको गोजीबाट सुटुक्क कर लादेको टिप्पणी गर्दै थापाले पार्टीका सांसदहरूलाई बजेट छलफलका क्रममा संसद्‌मा क्रमिक वा संरचनागत सुधारका विषयहरूलाई स्पष्ट रूपमा छुट्ट्याएर खरो रूपमा प्रस्तुत हुन निर्देशनसमेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा