काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सहमहामन्त्री खसआर्यतर्फको नतिजा आउने क्रम जारी छ। हालसम्म एक हजार ५०७ मतगणना भएको छ।
प्रारम्भिक परिणाम अनुसार उम्मेदवार मनोजमणि आचार्यले ५५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ। त्यस्तै, जगदिश्वरनरसिंह केसीले ४७६ मत प्राप्त गर्नुभएको छ भने दिनेश कोइरालाले २९५ र शुभराम बस्नेतले ९७ मत ल्याउनुभएको छ।
कांग्रेस महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि भइरहेको यस मतगणनाप्रति पार्टी कार्यकर्ता तथा चासो राख्नेहरूको विशेष ध्यान केन्द्रित भएको छ।





