शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने बताएका हुन् । साथै उनले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको पनि बताए ।उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

उनले आफूहरूले प्रधानमन्त्री पद पाए पार्टीलाई नै फाइदा हुने दाबी समेत गरे ।बुधवार कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले दाहाल–नेपाल समूहको नेकपासँग मिलेर सरकारमा जाने धारणा व्यक्त गरेका थिए ।

तर‍, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही नेताले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै आएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा