वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक

वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाएर राखेको तथ्य खुलेको छ । उनीहरुलाई एजेन्टले मोटो रकम लिएर भारतीय बाटो हुदैँ विगत तीन वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत पुर्‍याएर कुवेती नागरिकको घरमा काम लगाई दिएको थियो ।

उनीहरुको करार अवधि दुई वर्षको भएपनि अहिले तीन वर्ष बितिसक्दा पनि मालिकले घर फर्कन नदिएको र घरमै बन्धक बनाएर राखेको नाम उल्लेख नगरी दिन आग्रह गर्दै पीडित महिलाले बताइन ।

पटक पटक मालिकलाई अब घर फर्किने भनेर अनुरोध गरे पनि अहिले उडान खुलेको छैन पछि पठाउछु भन्दै घर भित्रै बन्धक बनाएर राखेको उनले बताइन ।‘अहिले झन पीडा हुन थालेको छ । घर पठाउने त परको कुरा घर जाने भन्यो भने पनि मालिकले कुट्छन्,’ उनले भनिन्, ‘काम गरेको पारिश्रमिक पनि दिएका छैनन् ।’

उनले बताए अनुसार मालिकले उचित रुपमा खान–लाउन नदिने, बिरामी हुँदा उपचार नगर्ने, घरमा बालबच्चा हेर्नेदेखि सबै काम गर्नुपर्ने, दैनिक २२ देखि २३ घण्टासम्म काममा खटाउने गरेको तथा फोहोर फाल्न निस्किदा देखि बाथरुम जाँदा पनि सीसीटीभी निगरानी गर्ने गरिएको छ ।

एजेन्ट आफूहरुलाई कुवेत पठाएपछि सम्पर्क विहीन भएको तथा एजेन्टले सम्पर्क नम्बर समेत नदिएको उनीहरुको गुनासो छ । मालिकले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै उनीहरुले चाँडो भन्दा चाँडो उद्धारको अपेक्षा गरेका छन् ।

उद्धारमा समस्या
ती पीडित महिलाहरुको उद्धारमा समस्या भएको विगत लामो समयदेखि कुवेतमा सामाजिक कार्य गर्दै आएका अभियन्ता चन्द्र पाइजा पुन मगरले बताएका छन् । उनीहरुलाई मालिकले घरबाट बाहिरै निस्किन नदिएको कारण उद्धार गर्न समस्या भएको हो ।

अभियन्ता पुनले भने, ‘मैले पनि ती पीडित महिलाहरुलाई सम्पर्क गरेर तपाईंहरु आउन सक्नुहुन्छ भने भागेर आउनुहोस् म ट्याक्सी पठाउछु, हामी तपाईंहरुलाई जसोतसो गरेर यहाँस्थित नेपाली दूतावाससम्म पुर्‍याउँछौँ वा त साथीहरुसँग सहयोग मागेर नेपालसम्म पठाउछौ ।’

उनले भने, ‘हामी कुवेती नागरिकको घरमा परेर उनीहरुलाई ल्याउन मिल्दैन फेरि हामीलाई नै कुवेती नागरिकले चोरी केस लगाएर जेल हाल्छ ।’यसरी बन्धक बनाएको केसमा उद्धार गर्न पीडित भागेर नै आउनु पर्‍यो यात दूतावासले प्रहरी नै लिएर गए मात्रै उद्धार गर्न सम्भव हुने पुन बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा