गण्डकी प्रदेसमा मन्त्री परिषद बिस्तार , नामवली सहित

कास्की ,८ साउन  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  मन्त्रीपरिषद् विस्तार विस्तार गर्नुभएको छ । प्रदेश सरकार गठन भएको डेढ महिनापछि मन्त्रीपरिषद्ले पूर्णता पाएको छ ।

जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सरकारका ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । सत्ता साझेदार दलहरूले मन्त्रीहरूको नाम टुङ्गाउँन नसकेपछि लामो समय मन्त्रिपरिषदले पूर्णता पाउँन सकेको थिएन । नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र)का तर्फबाट तीन÷तीन जना मन्त्री नियुक्तपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको मुख्यमन्त्रीका प्रेस सँयोजक भरत कोइरालाले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसकातर्फबाट स्याङ्जाका मेखलाल श्रेष्ठ,  कास्कीका विन्दुकुमार थापा र बागलुङका मणीभद्र शर्मा कँडेल,   माओवादी केन्द्रको तर्फबाट स्याङ्जाका दिपक थापा चर्ती मगर , बागलुङका चन्द्रबहादुर ब्ुढा र कास्कीका रामजी बरालले शुक्रबार मन्त्रीपरिषद्को शपथ लिनुभएको हो।
यस अगाडि शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । सामाजिक विकास मन्त्रालय मेखलाल श्रेष्ठलाई,  मणिभद्र शर्मा कँडेललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विन्दुकुमार थापालाई कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय, माओवादी केन्द्रका रामजी बराललाई अर्थ मन्त्रालय, चन्द्रबहादुर बुढालाई भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र दीपक थापा चर्ती मगरलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा