इन्धन मुल्य वृद्धि विरुद्ध उत्रियो अनेरास्ववियु स्याङ्जा !

।स्याङ्जा ।

२६ कार्तिक ।सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्ध अनेरास्ववियु स्याङ्जाले विरोध प्रदर्सन गरेको छ,

अनेरास्ववियु स्याङ्जाले उक्त निर्णयको विरोधमा वालिङमा प्रदर्शन गरेको हो ! वालिङ क्याम्पसबाट विद्यार्थीहरुको र्याली सुरु भएर भकुण्डेमा कोणसभामा परिणत भएको थियोे उक्त सभालाई सम्बोधन गर्दै
अनेरास्ववियु स्याङ्जाका संयोजक सगुन रानाले इन्धनको मुल्य वृद्धि तत्काल फिर्ता नभए अनेरास्ववियु थप संघर्षको कार्यक्रममा जाने बताउनु भयो ।

इन्धनको मुल्यवृद्धिले गरिखाने वर्गलाइ प्रत्यक्ष प्रभाव पारेको बताउँदै सरकारले इन्धन चुहावटलाई रोक्नको साटो जनताको ढाड सेक्ने काम गरेकाले तत्काल फिर्ता गर्न माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा