वडा अध्यक्ष उम्मेदवार नवीन कार्कीको पहलमा बजार बनाउन २० लाख बजेट
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सुर्य चिन्ह बाट वडा अध्यक्षका उम्मेदवार नवीन कार्कीको पहलमा शुक्रबारे कृषि बजारमा बजारका सबै पुराना टहरा हटाएर नयाँ पक्की टहरा निर्माण गर्न र वरिपरि ड्रेन निर्माण गर्न प्रदेश सरकारको कृषि ज्ञान केन्द्र बाट बीस लाख रुपैया बजेट बिनियोजन भएको छ ।
बिकासको पक्षमा निरन्तर लागि रहेका कार्कीको पहलमा वडा भित्र बिभिन्न भौतिक तथा सीप बिकासको कामहरू भएकोले गर्दा कार्की आगामी स्थानिय निर्वाचनमा वडा अध्यक्षको रुपमा अधिकासं जनताले रुचाइएका पात्र मानिन्छन् ।
उनकै पहलमा वडाको सबैभन्दा ठूलो शैक्षिककेन्द्र बुद्ध माद्यामिक विद्यालयमा पाँच करोड लागतमा भवन निर्माण हुदैछ भने कार्की अध्यक्ष भएर सोमबारे बजारको मुहार फेरिएको छ । बिधुत थप बिस्तार र आवस्यकता बमोजिम ट्रान्सर्फमर स्थापना भएको छ । प्रभात सामुदायिक युवा क्लबको भवन निर्माण गर्न कार्कीको पहलमा सात लाख तीस हजार सरकारी बजेट आएको छ । द्वन्दकाल देखि बन्द रहेको किरात लिम्बू भाषा पुनः संचालनमा आएको छ भने दस लाख लागतमा पुरानो भवन हटाएर नयाँ पक्की भवन निर्माण भएको छ । मन्दिरहरुको गेट निर्माण भएको छ भने चर्चलाई ब्यबस्थित गर्न झ्यालढोका लगाउने काम भएको छ । दोहोलु शुक्रबारेमा सामुदायिक भवन निर्माण गर्न प्रारम्भिक सुरुवात हुदैछ भने भुमिगत सिचाइको काम अगाडी बढेको छ त्यसले शुक्रबारेको ६० बिगाहा क्षेत्र जमिनलाइ सिचाइ पुर्याउछ ।
महिलाहरूको क्षमता अभिबृदी गर्न ब्याक्तित्व बिकास तालिम, ढाकातान तालिम, गुडिया बनाउने तालिम आदि निरन्तर संचालित छन । मिरमिरे कृषि उधम कृषक समूहलाई दर्ता गरेर बेसार खेती सुरुवात भएको छ । खाट नहुने बिपन्न जनतालाई खाट वितरण भएको छ । शुक्रबारे बजार निवासी कुष्ट रोगले पिडित एकल महिला तुम्बादेबी राइको घर निर्माण भएको छ ।
आउने निर्वाचनमा वडा बासी जनताको साथ र मत दिएर बिजय भएमा आउनेदिनहरुमा वडालाई समृद्ध बनाउने संकल्प सहित आफ्नो पुर्ण समय जनतालाई दिने कार्कीले प्रतिबद्धता जनाएका छन । आत्मनिर्भर अर्थतन्त्र बनाएर घरघरमा स्वरोजगारी बनाउने प्रमुख दायित्व रहेको कार्कीले बताउछन ।
वडा अध्यक्ष उम्मेदवारले दिए बजार बनाउन यति ठुलो बजेट
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।





