सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु

माघ ३ ।वीरगञ्ज । सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर स्याङबाको मृत्यु भएको हो ।

सोमबार साँझ ६ बजे रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान गरेको छ ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र अन्य अनुसन्धानका कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा