कतारमा कोरोना संक्रमितको संख्या ३३ हजार ९६९ पुगेको छ भने १५ जनाको मृत्यु भएको छ ।

कतार सरकारले केन्द्रीय जेलमा १२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ । तर, धेरै मात्रामा प्रकोप भने नफैलिएको जनाएको छ ।

कतार सरकारले जेलमा कोरोना संक्रमण देखिने बित्तिकै सम्पूर्ण संक्रमितलाई ‘तत्काल स्थानान्तरण’ गरी विशेष अस्पतालमा लगिएको र उनीहरुलाई अरुबाट अलग गरिएको बताएको छ ।

कतारले सोमबार ढिलो गरी ह्युमन राइट वाच (एचआरडब्ल्यू) सार्वजनिक गरेको रिपोर्टको विषयमा एक विज्ञप्ति जारी गर्दै जेलभित्रको संक्रमणले बृहत् प्रकोपको रुप नलिएको बताएको छ ।

कतारले सोमबार ढिलो गरी ह्युमन राइट वाच (एचआरडब्ल्यू) सार्वजनिक गरेको रिपोर्टको विषयमा एक विज्ञप्ति जारी गर्दै जेलभित्रको संक्रमणले बृहत् प्रकोपको रुप नलिएको बताएको छ ।

एचआरडब्ल्यूले जेलमा कोरोना संक्रमित देखिनु भनेको सम्भावित स्वास्थ्य संकट सिर्जना हुने बताएको थियो ।कतारमा सञ्‍चारमन्त्रीले जेलमा कोरोना प्रकोप भन्‍ने सूचनाहरु गलत भएको दाबी गरेका छन् ।कतारमा कोरोना संक्रमितको संख्या ३३ हजार ९६९ पुगेको छ भने १५ जनाको मृत्यु भएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा