नेपाल सरकारले लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय

सोमबार साँझको बैठक अनुसार नेपाल सरकारले , लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि नेपाल-भारत सीमा विवादले नयाँ मोड लिएको छ ।

यो भन्दा पहिले भारतले सो भूमि आफ्नो दाबी गर्दै ३ नोभेम्बर, २०१९ मा नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा जारी गरेपछि भारतलाई पटक-पटक सल्लाहको लागि आग्रह गर्दा पनि खासै चासो नदेखाएपछि नेपालले आफ्ना नयाँ राजनीतिक नक्सा जारी गरेको हो ।

यो विषयले भारतीय सञ्‍चारमाध्यममा मुख्य ठाउ पाएको छ । दुबै मुलुकबीचको सीमाको समस्याले विशेष ठाउ पाएको छ । भारतीय मिडिया हिन्दुस्तान टाइम्सले ‘नेपालले भारतीय भूभाग कालापानी र लिपुलेक समेट्दै नक्सा सार्वजनिक गर्ने शीर्षकमा समाचार लेखेको छ ।
समाचारमा भनिएको छ, “नेपाल सरकारले लिपुलेक र कालापानी भारतसँगका विवादित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ ।”

त्यसैगरी विओनन्युज डटकमले ‘नेपालले भारतीय भूमि समेटेर विवादित नक्सा स्वीकृत गर्‍यो’ शीर्षकमा समाचार लेखेको छ ।समाचार भनिएको छ, “नेपालको क्याबिनेटले सोमबार अर्थात १८ मेमा भारतीय भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर आफ्नो दाबी गर्दै विवादित नक्सा सार्वजनिक गरेको छ ।”

त्यसैगरी द हिन्दुले ‘नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै’ शीर्षकमा समाचार लेखेको छ ।

समाचारमा लेखिएको छ, “जस्तालाई त्यस्तै भनेजस्तै नेपालले कालापानी क्षेत्रलाई आफ्नो दाबी गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने भएको छ । कालापानी क्षेत्रमा लामो समयदेखि नेपालको भारतसँग विवाद चल्दै आएको छ ।बीबीसी हिन्दीले लेखेको छ– नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतले तत्काल आफ्ना सेना हटाउनुपर्ने बताएका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा