श्रीमती गर्भवती छिन् , अस्पतालमा बच्चा जन्माउने हैसियत छैन:खाडिबाट सरकारलाई खुलापत्र

‘म हाल अहिल युएइमा छु र मेरो श्रीमती पनि यहाँ नै हो! कुरा के हो भने कोरोना भाईरसको महामारीले गर्दा नेपाल आउने जाने सबै बाटो बन्द भएको छ यस्तो अवस्थामा नेपाल सरकारबाट कुनै प्रतिकृया आएको छैन !

मेरो श्रीमतीको कामदार भिसा जुन २० तारिक सकिएर त्यही समयमा आउने भन्ने सोच थियो तर यो लकडाउनले गर्दा अवस्था सामान्य छैन र मेरो श्रीमती हाल ४ महिनाको गर्भवती छिन। अवस्था सामान्य भएको खण्डमा हामी सजिलै नेपाल आउन सक्ने वातावरण थियो तर अब कहिले अन्तराष्ट्रिय उडान खुल्छ त्यो कुनै निश्चिति छैन।

उडान नखुलेको अवस्थामा हामीले यहाँ नै अस्पतालमा बच्चा को प्रोसेस गर्ने हो भने हाम्रो हैसियत भनेको हाम्रो बचतले पुग्दैन र हामी सँग कुनै विकल्प पनि छैन !

हामी श्रीमान श्रीमती अलग अलग कम्पनीमा काम गर्छौ तर हामी सङ्ग नेपाल सरकारबाट स्वीकृत विवाह दर्ताको प्रमाणपत्र छ विगत २ महीना देखि बिना तलब कोठामा बस्न बाध्य छौ यस्तो अवस्थामा उडान नखुल्ने हो भने हामी जस्ता मध्यवर्ग आम मानिसको आवस्था यहाँ दयनीय हुन्छ त्यसैले हजुरहरु सामु आफ्नो समस्या राखेको छु आशा छ केही न केही सहयोग मील्छ भन्ने पुर्ण आशा छ नेपाल सरकार सामु यो हाम्रो समस्या को कुनै न कुनै हल मिल्ने छ यो मेरो समस्याको समाधान के हो यस्लाई कसरी हल गर्ने सकिन्छ भनेर सुझाव को आशा सहित अन्तरहृदय बाट अनुरोध गर्दछु।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा