आजको पञ्चाङ्ग
वि.सं. २०८० साल ,१४ गते,२७ अप्रिल २०२३
(सुर्योदय = ०५:२९ AM, सुर्यास्त = ०६:३४ PM)
बार : विहीबार
तिथि: शुक्ल सप्तमी १:५३ pm सम्म तत्पश्चात् शुक्ल अष्टमी
करण : वणिज १:५३ pm सम्म तत्पश्चात् विष्टि ३:०० am सम्म तत्पश्चात् बव १:३७ pm सम्म
नक्षत्र : पुनर्वसु ७:४ am सम्म त्यसपछि पुष्य
योग : धृती ०९:०१ am सम्म तत्पश्चात् शूल
चन्द्र राशी : कर्कट १२:४८ am २०८०-१-१६
आजको राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ बाट नाम आउनेहरूको आज मन अशान्त रहन सक्छ। कसैसँग बोला विचार गरेर मात्र बोल्नुहोला।कलहयो योग रहेको छ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बाट नाम आउनेहरूलाई आज धन प्राप्ति हुनेछ । छोटो दूरीको यात्रा हुनसक्छ ।मनोकामना पूर्ण हुनेछ।पारिवाअरिक अवस्था राम्रो रहनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह बाट नाम आउनेहरूलाई आजको दिन अनुकुल नरहला । मानसिक असन्तुष्टि पैदा होला। व्यापार व्यवसायमा घाटा आदि व्यहोर्नुपर्ला। पढाइमा मन नजाला।
कर्कट
हि. . है, हो, डा, डि, डू, डे, डो बाट नाम आउनेहरूका लागि आजको दिन अनुकुल रहनेछ। सुख र शान्तिको प्राप्ति हुनेछ । वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे बाट नाम आउनेहरूका लागि आजको दिन अनुकुल नरहला । अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। व्यर्थ आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो बाट नाम आउनेहरूका लागि आजको दिन उत्तम भोजन प्राप्त हुनसक्छ । विपरीत वर्गबाट पनि सहयोग मिल्न सक्छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते बाट नाम आउनेहरूका लागि आज कार्यसिद्धिको योग रहेको छ । । स्वास्थ्य ले पनि साथ दिनुका साथै मानसम्मानमा वृद्धि होला।तपाईंको विशेष कार्यको प्रशंसा हुनसक्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, वि. पु. बाट नाम आउनेहरूका लागि आजको दिन प्रतिकुल रहनेछ । । व्यवसायमा आफूले सोचे जस्तो नहोला र राज्यबाट भय रहन्छ ।
मानसिक चिन्ता र असन्तुष्टि रहला।
स्वास्थ्य ले साथ दिनेछैन। तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बाट नाम आउनेहरूका लागि आजको दिन मन अशान्त रहनेछ । आकास्मिक संकट आदिको भय रहन सक्छ सजग रहनुहोला।
मकर
जि, खि, खु, खे, खो, गा, गि बाट नाम आउनेहरूका लागि आजको दिन धनलाभ प्राप्त हुनसक्छ । दाम्पत्य सुख र आफ्नो मान्छेबाट सुख प्राप्त हुनेछ । सुखद यात्रा पनि हुनसक्ला।व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। स्वास्थ्यले साथ देला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द बाट नाम आउनेहरूको आजको दिन प्रसन्न रहला। शत्रुमाथि विजय प्राप्त हुनेछ ।धन र स्वास्थ्य लाभका साथै सुख प्राप्त हुनेछ।
मीन
दि, दु, झ, ञ, दे, दो, च, चि बाट नाम आउनेहरूका लागि आजको दिन प्रतिकुल रहनेछ। कष्टकर यात्रा होला । दिनभर उदास र निराश रहने समय रहेको छ।मनमा कुनै कुराको चिन्ताले सताउनेछ।
– शास्त्री संयोग बस्याल





