नेपोलीले ३३ वर्षपछि जित्यो इटालियन सिरीको ए उपाधि

काठमाडौं– नेपोलीले ३३ वर्षपछि इटालियन सिरीको ए उपाधि जितेको छ । उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालियन सिरीको यो उपाधि जितेको थियो ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफको सुरुवाती अर्थात ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल फर्काउदै खेललाई बराबरीमा मात्रै ल्याएनन्, नेपोलीलाई उपाधि जित्नका लागि निर्णायक गोलसमेत गरिदिए ।

नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पनि पछिल्लो तीन सिजनमा भने तीन फरक फरक टोली च्याम्पियन बनाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेको रेकर्ड कायम रहेको भए पनि त्यसपछिको यताका तीन सिजनमा भने इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको हो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा