काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। सोमबार तोलामा ६०० रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सोमबारको बजारमा भने चाँदी ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।
