सुनको भाउ तोलाको ३ लाख मुनि झर्‍यो, तीन दिनमै ५२ हजार ७०० को गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ‘ऐतिहासिक’ गिरावट आउने क्रम जारी रहँदा सोमबार सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ मुनि झरेको छ। लगातार तीन दिनदेखि ओरालो लागिरहेको सुनको मूल्यमा आज पुनः १३ हजार ४०० रुपैयाँको ठुलो गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार मात्रै सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा सुनको मूल्यमा कुल ५२ हजार ७०० रुपैयाँको भारी गिरावट देखिएको छ। गत बिहीबार ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर उच्च रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार २० हजार ५०० रुपैयाँले घटेको थियो भने आइतबार १८ हजार ८०० रुपैयाँ घटेको थियाे।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २०० रुपैयाँमा झरेको छ। हिजो आइतबार चाँदी ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार चाँदीले ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक उचाइ छोएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा