सुनको भाउ स्थिर रहँदा चाँदी भने घट्यो, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

हिजो बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेर सोही मूल्यमा कारोबार भएको थियो।

सुन स्थिर रहे पनि आज चाँदीको मूल्यमा भने १० रुपैयाँको गिरावट आएको छ। हिजो प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा