उम्मेदवारको सुरक्षाका लागि कडा कदम, निर्वाचनमा ‘रुफटप’ गाडी प्रयोग गर्न नपाइने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गर्न नपाउने भएका छन्।

बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले खुल्ला छत भएका गाडीबाट प्रचारप्रसार गर्दा उम्मेदवारमाथि सुरक्षा खतरा बढ्न सक्ने निष्कर्ष निकालेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचन तयारीको समीक्षा गर्दै बैठकले सुरक्षा निकायहरूलाई संयुक्त पट्रोलिङ बढाउन र जिल्ला सुरक्षा समितिका बैठकहरू दैनिक रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

बैठकमा गृह सचिव, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सेनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, निर्वाचनमा खटिने कर्मचारीहरूको निष्पक्षता कायम राख्दै दण्डहीनता अन्त्य गर्ने र तयारीलाई थप सुदृढ बनाउने निर्णय समेत गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा