बुलिस ट्रेण्डमा सेयर बजार: नेप्सेले गर्‍यो २९ सयको विन्दु पार, २३ अर्ब ५९ करोड माथिकाे काराेबार

काठमाडौँ । नेपाली पुँजी बजारमा साताको पहिलो दिन आइतबार उल्लेख्य सुधार देखिएको छ। अघिल्लो हप्तादेखि सुरु भएको वृद्धिको यात्रालाई निरन्तरता दिँदै नेप्से परिसूचक लगातार तेस्रो दिन पनि उच्च अंकले बढेको हो। यस दिन बजार मापक सूचक ५४.५१ अंक (१.८९ प्रतिशत) ले उकालो लाग्दै २९३१.५५ विन्दुमा पुगेर थामिएको छ। गत बिहीबार पनि बजार ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको थियो।

बजारको बढोत्तरीसँगै कारोबार रकममा पनि नयाँ उत्साह थपिएको छ। आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको ठूलो कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो। गत बिहीबार ३४२ कम्पनीको २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

क्षेत्रगत रूपमा हेर्दा आज सबै उप-सूचकहरू हरियाली देखिएका छन्। जसमध्ये लघुवित्त (माइक्रोफाइनान्स) समूहमा लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखियो, यो समूह सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ। त्यस्तै, होटल तथा पर्यटन ३.०५ प्रतिशत, निर्जीवन बीमा २.७२ प्रतिशत, बैंकिङ २.४९ प्रतिशत र विकास बैंक समूह २.४६ प्रतिशतले वृद्धि भएका छन्। फाइनान्स र जीवन बीमा समूहको उप-सूचकमा पनि २ प्रतिशतभन्दा बढीको सुधार आएको छ।

आज कारोबार भएकामध्ये १८३ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यसका साथै होटल फरेस्ट इन, विजय लघुवित्त र एनआइसी एसिया लघुवित्तको सेयर मूल्यमा पनि ९ प्रतिशतभन्दा बढीको बढोत्तरी देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा