नेप्सेमा झिनो गिरावट: २७ सय ५७ विन्दुमा अडियो बजार, कारोबार रकम ७ अर्ब मुनि

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजारमा सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन सोमबार ८३.३३ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २.६१ अंकले घटेर २७ सय ५७ दशमलव ४० विन्दुमा ओर्लिएको छ।

बजारमा रहेका १३ उपसमूहमध्ये आज तीन समूहको सूचकमा हरियाली छाएको छ। होटल तथा पर्यटन समूह १.०८ प्रतिशत, हाइड्रोपावर ०.१५ प्रतिशत र वाणिज्य बैंक समूह ०.०४ प्रतिशतले उकालो लागेका छन्। बाँकी सबै समूहका उपसूचकमा भने गिरावट देखिएको छ, जसमध्ये व्यापार समूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ।

नेप्सेमा झिनो अंकको गिरावटसँगै कारोबार रकममा भने उल्लेख्य कमी आएको छ। सोमबार १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको सेयर खरिद-बिक्री भएकोमा मंगलबार ५ अर्ब ६४ करोड रुपैयाँले घटेर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँमा खुम्चिएको छ। यस दिन ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच भएका छन्।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उत्साहजनक नाफा कमाएका छन्। मंगलबार कुल ८२ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा भुजुङ हाइड्रोपावर, सुपर खुदी र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशत तथा होटल फरेस्ट इनको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा