नेप्सेमा झिनो सुधार, ७ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ३३.८३ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.३६ अंकले वृद्धि भई २८ सय ३८ दशमलव ४० बिन्दुमा पुगेर रोकिएको छ।

बजारमा झिनो सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। शुक्रबार ३३५ कम्पनीका १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ। जबकि बिहीबार ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर कारोबार हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसदिन उपसूचकहरूतर्फ मिश्रित उत्साह देखिएको छ। जलविद्युत्, व्यापार र अन्य समूहका उपसूचकहरूमा वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशत र होटल तथा पर्यटन समूहको उपसूचक १.३८ प्रतिशतले बढेका छन्। यद्यपि, यीबाहेकका अन्य सबै उपसूचकहरू भने ओरालो लागेका छन्।

बजारमा सुधार आएसँगै १८० कम्पनीको सेयर मूल्य बढेको छ। जसमध्ये सूर्यकुण्ड हाइड्रो इनर्जी, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै, रिज लाइन इनर्जीको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा